हत्या गरी फरार रहेका व्यक्ति पक्राउ - JCNEPAL MEDIA

पुस २,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुर : २०८१।०६।२३ गते बिहानको समयमा जिल्ला महोत्तरी बर्दिवास न.पा.वडा नं.०५ टुटेश्वर जगङ्गल स्थित पुर्ब पश्चिम लोकमार्ग देखि अं.२ KM भित्र नालिमा तत्काल नामथर नखुलेको अं. वर्ष २०/२२ की महिला मृत अबस्थामा फेला परेको घटनामा प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरी पठाई लाश सनाखतको लागि हुलिया परिपत्र लगाएतको कार्य गरिएकोमा मिति २०८१।०६।२८ गते मृतकको आफन्त तथा बुवाले लाश हेरी चिन्ही शव सनाखत गरिदिईएको, मृत्कको घर ठेगाना जिल्ला महोत्तरी महोत्तरी गा.पा. वडा नं.०४ बस्ने बर्ष २३ को अनु राय रहेको खुल्न आएकोमा निज मृत्कको जिल्ला सर्लाही चक्रघाटा गा.पा. वडा नं.०९ खोरिया गाँउ बस्ने मन्दिप कुमार यादवसंग पुरानो चिनजान रही एक अर्कालाई प्रेम गर्ने गरेकोमा दुबै जना बिबाह गर्ने वाचा सहित २०८१।०६।२२ गते टुटेश्‍वर मन्दिर गएको भन्ने खुल्न आएको हुँदा निज मन्दिप कुमार यादवको पक्राउ अनुमति लिई खोजतलाश गर्ने क्रममा २०८१।०९।०१ गते जिल्ला पर्सा वीरगंज माहानगरपालिका वडा नं.०४ आदर्शनगरबाट निज प्रतिवादी मन्दिप कुमार यादवलाई पक्राउ गरी ल्याई सोधपुछ गर्दा निजले नै टुटेश्‍वर मन्दिरबाट फर्किने क्रममा बिबाह गर्ने बिषयमा बिबाद हुँदा डोरीले घाटी कसी हत्या गरेको स्वीकार गरेकोले आज २०८१।०९।०२ गते सम्मानित महोत्तरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा दिन ७ (सात) म्याद थप भई ई.प्र.का. बर्दिबास महोत्तरीबाट थप अनुसन्धान कार्य भईरहेको नायव उपरीक्षक बरूण सिंहले जानकारी गराएका छन ।

प्रकाशित : पुस २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA