सवारी दुर्घटना गराई भागेका अभियुक्त पक्राउ - JCNEPAL MEDIA

पुस २,२०८१/ जेसी नेपाल संवाददाता

महाेत्तरी : आज करिव विहान ०५ : ००बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं.०१ पुर्व पश्चिम लोकमार्गको रातु पुल स्थित पैदल हिडिरहेको ब्यक्तिलाई पश्‍चिमबाट पूर्व तर्फ आईरहेको रात्री बसले दुर्घटना गराएका छन ।

दुर्घटना गराई घाइतेलाई सोहि स्थानमा छोडी भागेको Hit And Run Case मा तत्कालै प्रहरी टोलि परिचालन भई घाइतेलाई बर्दिबास स्थित सरकारी अस्पताल लगि उपचार गराउने क्रममा ऐ.०१:३० बजेको समयमा मृत्यु भएको थियोे ।

घटनामा फरार रहेका बसलाई खोजतलास गर्ने क्रममा ऐ. ०२:०० बजेको समयमा काठमाण्डौ ईलाम चल्ने बा.प्र.०३-००१ ख २७२९ नम्बरको बसले सवारी दुर्घटना गराई भागेको फेला पारी चालकलाई सोधपुछ गर्दा जिल्ला धादिङ्ग थाक्रे गा.पा. वडा नं.०८ पिपले बस्ने बर्ष ४५ को राजेन्द्र प्रसाद प्याकुरेल बताएको थियो ।

निज चालक र बसलाई नियन्त्रणमा लिई इ.प्र.का. बर्दिबासमा ल्याई आजै सम्मानित महोत्तरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी सवारी ज्यान मुद्दामा थप अनुसन्धान कार्य भईरहेको र मृत्कको पहिचान खुलाउने कार्य भईरहेको महाेत्तरी प्रहरीले जनाएका छन ।

प्रकाशित : पुस २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA