सवारी दुर्घटना गराई भागेका अभियुक्त पक्राउ - JCNEPAL MEDIA

पुस २,२०८१/ जेसी नेपाल संवाददाता

महाेत्तरी : आज करिव विहान ०५ : ००बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं.०१ पुर्व पश्चिम लोकमार्गको रातु पुल स्थित पैदल हिडिरहेको ब्यक्तिलाई पश्‍चिमबाट पूर्व तर्फ आईरहेको रात्री बसले दुर्घटना गराएका छन ।

दुर्घटना गराई घाइतेलाई सोहि स्थानमा छोडी भागेको Hit And Run Case मा तत्कालै प्रहरी टोलि परिचालन भई घाइतेलाई बर्दिबास स्थित सरकारी अस्पताल लगि उपचार गराउने क्रममा ऐ.०१:३० बजेको समयमा मृत्यु भएको थियोे ।

घटनामा फरार रहेका बसलाई खोजतलास गर्ने क्रममा ऐ. ०२:०० बजेको समयमा काठमाण्डौ ईलाम चल्ने बा.प्र.०३-००१ ख २७२९ नम्बरको बसले सवारी दुर्घटना गराई भागेको फेला पारी चालकलाई सोधपुछ गर्दा जिल्ला धादिङ्ग थाक्रे गा.पा. वडा नं.०८ पिपले बस्ने बर्ष ४५ को राजेन्द्र प्रसाद प्याकुरेल बताएको थियो ।

निज चालक र बसलाई नियन्त्रणमा लिई इ.प्र.का. बर्दिबासमा ल्याई आजै सम्मानित महोत्तरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी सवारी ज्यान मुद्दामा थप अनुसन्धान कार्य भईरहेको र मृत्कको पहिचान खुलाउने कार्य भईरहेको महाेत्तरी प्रहरीले जनाएका छन ।

प्रकाशित : पुस २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA