विदेश पठाउने नाममा २२ लाख ठगी गर्ने दुई जना पक्राउ JCNEPAL MEDIA

पुस ४,२०८१/ जेसी नेपाल संवाददाता

विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजकुमार चौधरी, महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।

उनलाई क्रमशः काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

राजुले २ जनाबाट ६ लाख ३० हजार रुपैयाँ र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।

प्रकाशित : पुस ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA