किशोरी साह ग्राहक ठगी आरोपमा पक्राउ : नबिल बैँक जनकपुरका ब्रान्च म्यानेजर -JCNEPAL MEDIA

पुस ८,२०८१/ जेसी नेपाल संवाददाता

नविल बैँक जनकपुर शाखाका शाखा प्रमुख किशोरी साह पक्राउ परेका छन् । जनकपुर स्थित नविल बैंक भानु चोकका तत्कालीन शाखा प्रमुख साह १ करोड ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ परेका हुन् ।

गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका वडा नम्बर ४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नु आगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।

नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरस्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए । नविल बैंकका केन्द्रीय प्रवक्ता सुरेश त्रिपाठीले साहले केही समयअगाडि नै राजीनामा बुझाइसकेको जानकारी दिए ।

साहलाई शुक्रबार बेलुकी बैंकबाटै धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको र उनलाई मिर्चैया ल्याइएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

उनीमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA