रास्वपा संसदीय दल नेतामा ५ जना आकांक्षी-JCNEPAL MEDIA

पुस १०,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।

वायाँबाट क्रमश: डीपी अर्याल, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, चन्दा कार्की र बिराजभक्त श्रेष्ठ

रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ । पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् । ‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’ श्रेष्ठले एक पदाधिकारीलाई ‘मेन्सन’ गर्दै ग्रुपमा यो जवाफ दिएकी हुन् ।

उनले आफू दाबेदारीबाट पछि नहट्ने स्पष्ट संकेत गरेकी छन् । पार्टीका अर्का पदाधिकारीले भने रविले टीका लगाएर पद नबाँडेको, बरु पार्टी संगठनमा दुई उपसभापतिमध्ये एक अर्याललाई, अनि संसदमा अर्का उपसभापति वाग्लेलाई स्थापित गर्नु न्यायोचित भएको धारणा राखेको बताए । ‘जे निर्णय गरे पनि त्यो पार्टीकै निर्णय हो, तर रवि दाइको मनसाय यस्तो छ,’ ती नेताले भने । सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् । उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ । सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् ।

‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो । विवाद बढ्दै गएर समाधान कठिन बनेमा अर्याल नै संसदीय दल नेताका रुपमा अघि सारिन सक्ने सम्भावना पनि ती नेताले औंल्याए । सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् । तर संसदीय दलमा वाग्ले आउने सम्भावना सबैभन्दा बढ्ता रहेको रास्वपाले बतायो । रास्वपाले रविको निलम्बनविरुद्ध अदालत जाने बताए पनि उनी संसदीय दल नेताका रुपमा फर्कने सम्भावना करिब नभएको टुंगोमा पार्टी पंक्ति पुगेको बताइएको छ । यसो गर्दा अब रास्वपामा संसदीय दल नेताका रुपमा पाँच आकांक्षी देखिएका छन्– स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, चन्दा कार्की र डिपी अर्याल ।

संसदको बैठक सुरु हुनुअघिसम्म यो विषय निरुपण भइसक्ने रास्वपाले बताएको छ ।

प्रकाशित : पुस १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान : JCNEPAL MEDIA

सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय : JCNEPAL MEDIA

जेन-जीको प्रदर्शनमा अभियान्ता ‘ई.’का भाइ ईश्वतको मृत्यु : JCNEPAL MEDIA

मृत्यु हुनेको संख्या ९ पुग्यो : जेनजी प्रदर्शन JCNEPAL MEDIA

जेनी- जी’को प्रर्दशनमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने : काठमाडौं JCNEPAL MEDIA