NPLविजेता टिम जनकपुर बोल्ट्स जनकपुरमा , मधेसको ८वटै जिल्लामा विजयउत्सव निकाल्ने-JCNEPAL MEDIA

पुस १२,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता जनकपुर बोल्ट्स टिम आज साँझ जनकपुरधाम आइपुगेका छन् ।

जनकपुर बोल्ट्स टिम आज साँझ ८:४५ मा जनकपुर विमान स्थलमा आइपुगेकाे हो । टिमलाई स्वागत गर्न प्रशंसकहरुको भीड लागेको छ। टिमलाई शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए।

उनले जानकी मन्दिरमा ट्रफी समेत प्रदर्शन गरिने बताए । जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजयउत्सव पनि गर्ने भएको छ । विजयउत्सवको शुरूवात र अन्त्य जनकपुरधामबाटै गरिने छ ।जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयउत्सव निकालिने जानकारी दिए ।

प्रबन्ध निर्देशक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहट, आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफि परेड गरिने जानकारी समेत दिए ।

प्रकाशित : पुस १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA