भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन-JCNEPAL MEDIA

पुस १२,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको एम्स अस्पतालमा निधन भएको थियोे । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।

बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।

अहिले कांग्रेस आई नेतृ सोनिया गान्धी, प्रियंका गान्धी लगायत एम्स अस्पताल पुगेका छन् । अन्य नेता कार्यकर्ताहरुको पनि भीड बढिरहेको छ ।

प्रकाशित : पुस १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA