कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली, अवस्था गम्भीर

पुस १३,२०८१ / जेसी नेपाल संवाददाता

पुस १२ गते

महेन्द्रनगर :  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंलाई गोली हानी गम्भीर घाइते भएका छन्। शुक्रबार बेलुकी साढे ६ बजे कार्यालयको हतियार राख्ने कोठाभित्र उनले पेस्तोल प्रयोग गरी आफूमाथि गोली चलाएका थिए।

प्रहरीका अनुसार, गोली उनको निधारमा लागेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अहिले धनगढी रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, न्यौपाने फाइरिङ तालिममा संलग्न थिए।

हातहतियार मिलाउने र रेकर्ड राख्ने जिम्मा उनीमाथि थियो। घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा हुन्। प्रारम्भिक जानकारीअनुसार, गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। घटनाको कारण पत्ता नलागेको प्रवक्ता जोशीले बताए ।

यो घटना किन के कारणले आफैमाथि उनले गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन, ‘उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अछाम घर भएका ३० बर्षिया प्रहरी जवान केही समयदेखि जिप्रका कञ्चनपुरमा कार्यरत थिए । आफैले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गर्न खोजिएको अनुमान गरिएको छ ।

प्रकाशित : पुस १३,२०८१       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA