कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली, अवस्था गम्भीर

पुस १३,२०८१ / जेसी नेपाल संवाददाता

पुस १२ गते

हेन्द्रनगर :  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंलाई गोली हानी गम्भीर घाइते भएका छन्। शुक्रबार बेलुकी साढे ६ बजे कार्यालयको हतियार राख्ने कोठाभित्र उनले पेस्तोल प्रयोग गरी आफूमाथि गोली चलाएका थिए।

प्रहरीका अनुसार, गोली उनको निधारमा लागेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अहिले धनगढी रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, न्यौपाने फाइरिङ तालिममा संलग्न थिए।

हातहतियार मिलाउने र रेकर्ड राख्ने जिम्मा उनीमाथि थियो। घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा हुन्। प्रारम्भिक जानकारीअनुसार, गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। घटनाको कारण पत्ता नलागेको प्रवक्ता जोशीले बताए ।

यो घटना किन के कारणले आफैमाथि उनले गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन, ‘उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अछाम घर भएका ३० बर्षिया प्रहरी जवान केही समयदेखि जिप्रका कञ्चनपुरमा कार्यरत थिए । आफैले आफैमाथि गोली प्रहार गरेर आत्महत्या गर्न खोजिएको अनुमान गरिएको छ ।

प्रकाशित : पुस १३,२०८१       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA