काठमाडौंमा बसेर मधेसका समस्या समाधान हुन सकिँदैन : कांग्रेस नेता कोइराला

पुस १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न नसकिने बताएका छन् ।

महोत्तरीको भटोलियामा शनिबार आयोजित कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले प्रताडित भएको बताएका हुन् । ‘मधेस अप्ठ्यारोमा रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न सकिँदैन ।

फरक प्रसंगमा उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि जोड दिए । ‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन् : नेता कोइरालाले भने । निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्‍यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ । कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि उनले बताए ।

कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए । ‘हरेक २/२ महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको हो,’ उनले भने, ‘तर, यस सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।

प्रकाशित : पुस १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA