धनुषाका नाकाबाट सुन देखि प्याज सम्मकाे तस्करी - JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको इनर्वा, जटही, दुहबी, खजुरी, फूलगामा, इटहर्वा, मैनाथपुर लगायतका सीमावर्ती नाकाबाट नेपाल प्रहरीको संलग्नतामा संगठित तस्करी गराएको मौलाएको छ । नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारीले धनुषाका सीमा क्षेत्रबाट संगठित तस्करी गराएको दर्जनौं उजुरी प्रहरी प्रधान कार्यालय नक्सालमा परेका थिए ।

तर नेपाल प्रहरीका जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई भने प्रहरी प्रधान कार्यालयले तानेको छैन ।तस्करलाई लाइन दिएर संगठित तस्करी गराएको आरोपमा धनुषाको सशस्त्र प्रहरी गण नम्बर ८ गणका एसपी दर्शन गिरीलाई सशस्त्र प्रहरी मुख्यालयले आवश्यक छानविनका लागि तानेको छ । नेपाल प्रहरीतर्फ भने आईजीपीको प्रत्यक्ष मातहत रहेको उजुरी छानविन टोलीले के गरिरहेको छ भन्ने जानकारी दिएको छैन ।

एसपी र डीआईजीले खटाएका सानातिना घुमुवा सिपाही हबल्दारलाई कहिलेकाँही तानेर हल्ला गराउनु बाहेक अर्को काम हुन सकेको छैन । धनुषाबाट यतिबेला ठूला तस्करहरूले समूह- समूह बनाएर तस्करीको रुट नै चलाएका छन् । प्रत्येक तस्कर समूहले नेपाल प्रहरीका एसपीलाई महिनावारी ५ लाख अलग–अलग बुझाएर संगठित तस्करी धन्दा चलाएको बताइएको छ ।

जटही नाकाबाट सुल्तान मियाँ, बीरु र गब्बरको एउटा तस्कर समूह तथा नरेशको अर्को समूहले तस्करी चलाएका छन् । सुल्तानको समूहले नेपालबाट चाइनिज लसुनको ठूलो मात्रामा अवैध निकासी गरिरहेका छन् भने कोलगेट टुथपेष्ट, स्याउ, मटर–केराउ र रक्सी भारततर्फ तस्करी गरिरहेका छन् । भारततर्फबाट कपडा, हार्डवेयर लगायतको अवैध आयात भइरहेको छ ।

त्यस्तै ,नरेशले भारतीय कपडा, चप्पल लगायतको तस्करी गर्ने गरेका छन् । केही दिन अघि मधेश प्रदेश डीआईजीको आदेशमा नरेशको गोदाममा प्रहरीले छापा मारी १ गाडी कपडा र चप्पल बरामद गरेको थियो ।

तस्कर उमेश साहले फुलगामा नाकाबाट भारततर्फ चाइनिज लसुन, स्याउ, मटर, केराउ, मरिच र रक्सीको चोरी पैठारी गर्ने तथा उताबाट कपडा, किराना तथा हार्डवेयर लगायतका सामानको अवैध आयात गर्ने गरेका छन् ।

खजुरीबाट छोटु र एहसान नामक तस्करले भारततर्फ नेपाली आइटम रक्सी, टुथपेष्ट, लाइटर, मटर केराउ, लसुन र पोस्तादान पठाइरहेका छन् भने भारतबाट कपडा, किराना आइटम लगायतको चोरी निकासी भइरहेको छ ।

अर्का नामुद तस्कर शंकर साहले भारतीय प्याजको ठूलो मात्रामा चोरी पैठारी गरिरहेका छन् । यसैगरी दुहबी नाकाबाट नेपाली आइटम रक्सी, लसुन भारत पठाउने तथा उताबाट किराना आइटम नेपाल आयात गर्ने गरेका छन् ।

यस्तै इनर्वा नाकाबाट बहिरा उपनामका तस्करले हरेक दिन १०/१२ पिकअप नेपाली रक्सी भारत पठाउने गरेका छन् । इटहर्वा नाकाबाट अयुब मुसलमानले गाई गोरुको अवैध निकासी गरिरहेका छन् । भने, स्रोत बाट बुझिएको छ ।

प्रकाशित : पुस १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA