प्रहरी हत्यामा तिवारीसहित तीन जना प्रहरीकै संलग्नता, परे पक्राउ -JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

प्रहरी हत्यामा तिवारीसहित तीन जना प्रहरीकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

एक हप्ता अगाडी बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या प्रकरणमा संलग्न अभियोगमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको भान्से रुम्बालाई एक हप्ता अगाडी गोली प्रहारगरी हत्या गरिएको थियो । प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा इन्सपेक्टर तिवारीसमेत तीन जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा उनीहरुको संलग्नताको प्रमाण प्राप्त गरिसकेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

रुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।

घटनामा संलग्न अभियोगमा तिवारी सहित पक्राउ परेका अन्य दुई जना बारा जिल्लाकै व्यक्ति छन् । तर, उनीहरुको संलग्नतावारे यकिन प्रमाण आइनसकेको भन्दै उनीहरुको विवरण गोप्य राखिएको छ ।

प्रकाशित : पुस १४,२०८१      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA

रोशनी झा हत्या काण्डमा किटानीमा नाम रहेका दुई पक्राउ : JCNEPAL MEDIA

सशस्त्रका डिएसपी शर्माले जटहीबाट काजु तस्करी गराउदै, एक सातामै २४०० किलो अवैद्य काजु बरामद : JCNEPAL MEDIA

जनकपुरका मेयर प्रत्याशी शिवशंकर साह (हिरा) बलात्कार आरोपमा पक्राउ : JCNEPAL MEDIA

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प : JCNEPAL MEDIA