हेडमास्टर झाले छात्रामाथि यौन दुरव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित : जलेश्वर - JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७ मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब समेत दिएका छन् ।

प्रकाशित : पुस १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA