हेडमास्टर झाले छात्रामाथि यौन दुरव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित : जलेश्वर - JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७ मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब समेत दिएका छन् ।

प्रकाशित : पुस १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA