पोखराबाट भारत बनारसका लागि तय भएको बुद्धको पहिलो उडान स्थगितJCNEPAL MEDIA

पुस १६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पोखराबाट बनारसका लागि तय भएको बुद्ध एयरको उडान स्थगित भएको छ । चिनियाँ ऋणमा निर्माण भएको पोखरा क्षेत्रीय विमानस्थललाई बीआरआई परियोजनासँग जोडेकै कारण भारतले बनारस उडान अनुमति नदिएको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले दाबी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको मंगलबार हुने २६औं वर्षगाँठको साइत पारी शुक्रबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एभिएसन मिटमा बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्नलगत्तै चीनले उक्त विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको अभिव्यक्ति दिएकै कारण पोखराबाट बुद्धले तय गरेको पहिलो अन्तर्राष्ट्रिय उडान स्थगन गर्नुपरेको खुलासा गरेका हुन् ।

यसअघि बुद्धले बनारस उडानको अनुमति प्राप्त नभएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको थिएन । बुद्धले २ वर्षअघि पोखरा विमानस्थल उद्घाटनमा त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान एटीआर–७२ विमानमार्फत भारतको बनारस गर्ने घोषणा गरेको थियो । तर, अन्तिम समयसम्म भारतबाट अनुमति नपाएपछि बुद्धले पोखरा क्षेत्रीय विमानस्थलको धावनमार्गमा पहिलो परीक्षण उडानमा मन बुझाउनु परेको थियो ।

यो विमानस्थल उद्घाटनको अघिल्लो दिन ०७९ पुस १६ गते काठमाडौंस्थित चिनिया दूतावासले यसलाई बीआरआई सहयोगको प्रमुख परियोजना भएको भनी सामाजिक सञ्जालमा लेखेको थियो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह भोलि बिहान ११ बजे हुने भएको छ । यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो ।

नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई । भोलिपल्ट (०७९ पुस १७ गते) पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटनमा पुगेका नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ भनी सम्बोधन गरेका थिए । त्यस्तै २०८० असारमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका थिए । पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत छनले यस्तो बताएका थिए ।

बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखराबाट पहिलो बनारस उडानमा भारतबाट पनि ‘ग्रिन सिग्नल’ प्राप्त भएपछि अनुमतिको प्रक्रिया थालिएको बताए । ‘पोखरा बनारस उडान अनुमति त्यसबेला नेपालमा तीन दिनभित्र प्राप्त भएको थियो ,कार्यकारी अध्यक्ष बस्नेतले भने: त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत बनारस उडानका लागि भारतसँग अनुमति माग्यौँ । आवेदन हाल्यौं । तर, त्यो फाइल अझै घुम्दै छ । भारतले उडान अनुमति दिन्न भनेन तर त्यो फाइल घुम्दै छ ।

बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा विमानस्थल बीआरआईअन्तर्गत हो/होइन सरकारले भनिदिनुपर्ने बताए । ‘हामीले बुझेको भारतले बीआरआईका कारण हामीलाई बनारस अनुमति दिएन । भारतले अनुमति नदिए त्यो विमानस्थलबाट हाल एटीआर विमानबाट भारतबाहिर उडान गर्न सम्भव छैन : उनले भने ।

प्रकाशित : पुस१६,२०८१      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA