पोखराबाट भारत बनारसका लागि तय भएको बुद्धको पहिलो उडान स्थगितJCNEPAL MEDIA

पुस १६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पोखराबाट बनारसका लागि तय भएको बुद्ध एयरको उडान स्थगित भएको छ । चिनियाँ ऋणमा निर्माण भएको पोखरा क्षेत्रीय विमानस्थललाई बीआरआई परियोजनासँग जोडेकै कारण भारतले बनारस उडान अनुमति नदिएको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले दाबी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको मंगलबार हुने २६औं वर्षगाँठको साइत पारी शुक्रबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एभिएसन मिटमा बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्नलगत्तै चीनले उक्त विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको अभिव्यक्ति दिएकै कारण पोखराबाट बुद्धले तय गरेको पहिलो अन्तर्राष्ट्रिय उडान स्थगन गर्नुपरेको खुलासा गरेका हुन् ।

यसअघि बुद्धले बनारस उडानको अनुमति प्राप्त नभएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको थिएन । बुद्धले २ वर्षअघि पोखरा विमानस्थल उद्घाटनमा त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान एटीआर–७२ विमानमार्फत भारतको बनारस गर्ने घोषणा गरेको थियो । तर, अन्तिम समयसम्म भारतबाट अनुमति नपाएपछि बुद्धले पोखरा क्षेत्रीय विमानस्थलको धावनमार्गमा पहिलो परीक्षण उडानमा मन बुझाउनु परेको थियो ।

यो विमानस्थल उद्घाटनको अघिल्लो दिन ०७९ पुस १६ गते काठमाडौंस्थित चिनिया दूतावासले यसलाई बीआरआई सहयोगको प्रमुख परियोजना भएको भनी सामाजिक सञ्जालमा लेखेको थियो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह भोलि बिहान ११ बजे हुने भएको छ । यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो ।

नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई । भोलिपल्ट (०७९ पुस १७ गते) पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटनमा पुगेका नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ भनी सम्बोधन गरेका थिए । त्यस्तै २०८० असारमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका थिए । पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत छनले यस्तो बताएका थिए ।

बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखराबाट पहिलो बनारस उडानमा भारतबाट पनि ‘ग्रिन सिग्नल’ प्राप्त भएपछि अनुमतिको प्रक्रिया थालिएको बताए । ‘पोखरा बनारस उडान अनुमति त्यसबेला नेपालमा तीन दिनभित्र प्राप्त भएको थियो ,कार्यकारी अध्यक्ष बस्नेतले भने: त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत बनारस उडानका लागि भारतसँग अनुमति माग्यौँ । आवेदन हाल्यौं । तर, त्यो फाइल अझै घुम्दै छ । भारतले उडान अनुमति दिन्न भनेन तर त्यो फाइल घुम्दै छ ।

बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले पोखरा विमानस्थल बीआरआईअन्तर्गत हो/होइन सरकारले भनिदिनुपर्ने बताए । ‘हामीले बुझेको भारतले बीआरआईका कारण हामीलाई बनारस अनुमति दिएन । भारतले अनुमति नदिए त्यो विमानस्थलबाट हाल एटीआर विमानबाट भारतबाहिर उडान गर्न सम्भव छैन : उनले भने ।

प्रकाशित : पुस१६,२०८१      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बारामा सशस्त्र प्रहरीकै ढाँटमा रकम असुली गरी ‘तस्करीको लाइन’ खुलेआम : JCNEPAL MEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA