अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोतेपछि १० जनाको मृत्युJCNEPAL MEDIA

पुष १९,२०८१ / जेसी नेपाल संवाददाता

विजय चाैधरी / अमेरिका

01Jan. 2025 ED

काठमाडौं : अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ । न्यु अर्लियन्सको बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताएलगत्तै चालक कारबाहिर निस्केर गोली प्रहार गर्न सुरू गरेका थिए ।

त्यसलगत्तै प्रहरीले उनलाई लक्ष्य गरी जवाफी फायर गरेको थियो । गोली लागेका दुई प्रहरी अधिकारी घाइते भएका न्यु अर्लीयन्सका प्रहरी प्रमुखले जनाएका छन् ।

प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले सन्दिग्ध आक्रमणकारीले तयारीका साथ भीडमा गाडी चलाएको बताइन् । 'उसले सकेसम्म धेरै मानिसहरूमाथि गाडी कुदाउने प्रयास गरेको थियो,' उनले भनिन् ।

घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ । एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन् ।

प्रकाशित : मंशिर १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA