ठगी आरोपमा कप्लेशवरका गाेपाल साह परे पक्राउ JCNEPAL MEDIA

पुष १९,२०८१ / जेसी नेपाल संवाददाता

ठगी आरोपमा कप्लेशवरका गाेपाल साहलाई धनुषा प्रहरीले पक्राउ गरेका छन ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वाडा नं. १६ बस्ने ब्रहमदेव साहका छाेरा अं. बर्ष ५१ का गाेपाल साहले सुनियोजित तरिकाले रिणी पिडितहरूलाई दिएको सवाँकाे व्याज समेतकाे रकम भन्दा बढी लिसकेकाे तर, जग्गा फिर्ताको नाउँमा अनाकानी गरी जग्गा नै जफत गरी अरू सँग बेचेकाे स्रोत बाट बुझिएको छ ।

धनुषा जनकपुर उपमहानगरपालिका वाडा नं. ४ बस्ने फुल कुमारी रजकले साहु गाेपाल साह सँग जनकपुर वाडा नं. ४ मा भएको घर गिरहवी राखेर नेपाली रूपैया १०,००,०००।- अक्षरेपी दस लाख मात्र रूपैया लिएको ,त्यो पनि पटक- पटक गरेर ।

अनि सवाँ र व्याज समेतकाे रकम रजक सँग पटक- पटक गरी एक करोड भन्दा बढी रकम साहु गाेपाल साहले बुझी हस्ताक्षर गरि भरपाई समेत गरि दिएको छ , तर तमसुकले मुद्दा गरि पिडितलाई उठीवास गर्न लागेकाे बुझिएको छ ।

त्यसतै, अर्को पिडित धनुषा विदेह नगरपालिका वाडा नं.९ साविक इठर्वा गाविस वाडा नं. १ घर भई वस्ने अं. बर्ष ५१ का बहुरू राउत अमात्यले छाेरा बिरामी हुदाँ गाेपाल साह सँग शरूमा रू. २७,०००।- अक्षरेपी सताइस हजार रूपैया लिदा गाेपाल साहले ४६ कठ्ठा मध्ये बाट १० कठ्ठा जग्गा आफ्नो वुवा ब्रहमदेव साहकाे नाउँमा पास गर्न लगायाे । त्यसपछि अमात्यलाई २७,०००।- सताइस हजार रूपिया दियो ।

अनि समय वितदै गयाे । फेरि अमात्यलाई रकमकाे खाचाे भयाे त्यसपछि , गाेपाल साह कहाँ गए । अनि अमात्यले ७५००० रूपिया अझै चाहियो भने । गाेपाल साहले भने पैसा त हुन्छ तर १,००,०००।- एक लाख मात्र दिन्छु र जग्गा अझै पास गर्नु पर्छ । त्यसपछि बाकी रहेको जग्गा करिव १कठ्ठा १४ धुर जग्गा फेरि काका किशोरी साहकाे नाउँमा पास गराए । अनि पास गराउदा रजिस्ट्रेशनमा १०२००० ।- एकलाख दुई हजार लेखायाे तर रकम अमात्य लाई ७५,०००।- पछतर हजार मात्र दियो । वाकी २५०००।- पछि दिन्छु ,भनियो ।

साहले काका किशोरी साहकाे नाउँमा पास गराएको जग्गा धनुषा औरही गाउँ पालिका वाडा नं. ५ मा बस्ने अं. बर्ष ५६ काे रामबाबु साहकाे नाउमा पास गरेका छन । तर रामबाबु साह सँग मिडियाका प्रतिनिधि जयकुँवरले सम्पर्क गरि प्रतिक्रिया लिन चाहदा वहाले दिन चाहनु भएन ।

सता अनेकौं व्यक्ति सँग गाेपाल साहले ठगि गरेको छ, भने स्रोत बाट बुझिएको छ । हाम्रो जेसी नेपाल मिडियाकाे साथीले प्रहरी हिरासतमा रहेका गाेपाल साह सँग प्रतिक्रिया माँगदा दिन चाहनु भएन ।

प्रकाशित : मंशिर १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA