सर्वोच्चले झिकायो सुरेश अधिकारीकाे फाइल, चार श्रीमतीका नाममा करोडौँ लुकाएको मुद्दा -JCNEPAL MEDIA

पुस १९,२०८१/ जेसी नेपाल संवाददाता

सर्वोच्चले सुरेश अधिकारीकाे फाइल झिकाइएको छ । चार श्रीमतीका नाममा करोडौँ लुकाएको मुद्दामा फाइल झिकाइएको छ ।

यातायात व्यवस्था कार्यालयमा रहेर ६१ करोड बराबर अकुत सम्पत्ति आर्जन गर्दै चार श्रीमतीको नाममा लुकाएको आरोप लागेका सुरेश अधिकारीको मुद्दामा सर्वोच्च अदालतले फाइल झिकाउने आदेश गरेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको इजलासले विशेष अदालत र अख्तियार तथा अन्य सरोकारवाला निकायबाट फाइलसहित अन्य विवरण मगाउने आदेश गरेको हो ।

अख्तियारले जनताबाट उठाएको राजश्व आफ्नै खातामा जम्मा गरी भ्रष्टाचार गर्ने यातायात व्यवस्था कार्यालय कोशी इटहरीका तत्कालीन लेखापाल २०७४ असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले उनलाई दोषी ठहर गरेको थियो । अख्तियारले तत्कालीन समयमा उनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखसहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ बिगो माग गरेको थियो । प्रतिवादी मध्ये अर्याल र उनका चार श्रीमती थिए ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको अनुसन्धानका क्रममा पाइएको थियो । उनको व्यक्तिगत खातामा पाँच करोड र अन्य श्रीमतीको नाममा राखेको दाबी अख्तियारले अभियोगपत्रमा गरेको थियो । विशेषको निर्णयलाई चुनौती दिँदै उनी सर्वोच्च पुगेका थिए ।

उक्त मुद्दामा विस्तृत संवैधानिक व्याख्या गर्नुपर्ने भएपछि पाँच न्यायाधीशको बृहतपूर्ण इजलासमा पुगेको थियो । उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठका नाममा सम्पत्ति लुकाएको दाबी अख्तियारले गरेको थियो । उनी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ को सुविधा माग गर्दै २०८० माघमा सर्वोच्च पुगेका थिए । संहिताको उक्त दफामा थुनामा रहेर माथिल्लो अदालतमा पुनरावेदन गर्न पाइने उल्लेख छ ।

उनले उक्त दफाको सुविधा अनुसार थुनाबाहिर रहेर सर्वोच्चमा पुनरावेदनको माग गरेका छन् । लेखापाल अधिकारीले इटहरी, काठमाडौँ र विराटनगरमा घर जोडेको पाइएको थियो । उनको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडौँमा एउटा सुविधासम्पन्न घर भएको पाइएको थियो । उनी सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएको अनुसन्धानमा खुलेको थियो ।

प्रकाशित : पुस १९,२०८१ ०६:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA