हत्या गरी गाडिएको अवस्थामा इँटा व्यवसायीको शव फेला : सर्लाही JCNEPAL MEDIA

पुष २१,२०८१ / जेसी नेपाल संवाददाता

सर्लाही : सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद भएको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

पारिवारिक स्रोतका अनुसार व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेका थिए । अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा खबर गरेका थिए ।

त्यसलगतै स्थानीय र प्रहरी निरन्तर प्रसाईंको खोजी गरिरहेका थिए । खोजी गर्ने क्रममा शनिबार घर नजिकैको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

तर युवकको नाम भने प्रहरीले खुलाएको छैन । मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।

प्रकाशित : मंशिर २१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA