कांग्रेस–एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा गर्दै एमाले JCNEPAL MEDIA

पुष २१,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : कांग्रेस–एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा एमाले गर्न लागेका छन । एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ ।

आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने तयारी गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा कांग्रेस–एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा गरी आगामी कार्यक्रम प्रस्ताव गर्ने सूची छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको बताए । अध्यक्षको राजनीतिक प्रतिवेदनमा सरकारका कामको समीक्षा, पार्टी संगठन निर्माण र आगामी कार्यक्रम तय छ । कांग्रेससित गठबन्धनको राजनीतिक कोर्स सुरु भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटीले समीक्षा गर्नेछ : उनले भने । यो गठबन्धनको औचित्य, आवश्यकता, अवसर र चुनौतीबारे प्रतिवेदनमा उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीमा मुख्यगरी दुई प्रस्तावमा छलफल हुने बताए । गठबन्धन सरकारको कामका उपलब्धि, आगामी दिनमा गर्नुपर्ने काम र एमालेलाई राष्ट्रिय शक्ति बनाउने विषय मुख्य प्रस्ताव रहेको उनको भनाइ छ ।

सरकारले गरेका काम र आगामी दिनमा प्रभावकारी बनाउन गर्नुपर्ने योजनाहरूमाथि छलफल हुनेछ : उनले भने। सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीका विभागहरूले मन्त्रीहरूलाई ध्यानाकर्षण गराउने गरी कार्यसूची तय हुन्छ । केन्द्रीय कमिटीले वडातहसम्म सञ्चालन गर्ने तीनमहिने अभियानको ढाँचा बनाउनेछ ।

तीन महिना जरा केन्द्रित अभियानमा नेताहरू खट्ने निर्णय हुनेछ : उनले भने । संगठनका कहाँ कमजोरी छन् ? जनताको चासो र गुनासो के छ ? ती सबै विवरण संकलन गरी सम्बोधन गर्ने प्रयास हुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको साइडलाइन बैठकको समीक्षा हुनेछ । केन्द्रीय कमिटीले सरकार, पार्टी र नेतृत्वविरुद्ध भएका कुप्रचार, षड्यन्त्र र घेराबन्दीको प्रतिवाद गर्ने निर्णय अनुमोदन गर्ने तयारी छ ।

प्रकाशित : मंशिर २१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान : JCNEPAL MEDIA

सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय : JCNEPAL MEDIA

जेन-जीको प्रदर्शनमा अभियान्ता ‘ई.’का भाइ ईश्वतको मृत्यु : JCNEPAL MEDIA

मृत्यु हुनेको संख्या ९ पुग्यो : जेनजी प्रदर्शन JCNEPAL MEDIA

जेनी- जी’को प्रर्दशनमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने : काठमाडौं JCNEPAL MEDIA