अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA

पुष २१,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरभाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तराष्ट्रि बहुउद्येश्यि रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने बताएका छन् । जनकपुरधाममा आईतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिपिआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए ।

उनले डिपिआर तयार गर्न केहि प्राविधिक समस्याहरु समाधान भइसकेको र अबको केहि दिन भित्रै डिपिआर तयार भइसक्ने बताए । मुख्यमन्त्री सिंहले भोली २२ गत्ते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसंग सम्झौता हुन लागेको समेत जानकारी दिए । त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्रसंग अनुमति लिने प्रक्रिया बढाइने उनले जनाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुरधाम आउँदा घोषणा गरेका १ अर्ब रुपैया अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप १ अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।

 

मुख्यमंत्री मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामि दिनहरुमा झन बढि लगानि गर्ने सोच बनाएको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन । क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले यो प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रधानमन्त्री कपमा शिर्षका ४ टोलीलाई समावेश गरेर यो प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि यो प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए । पूर्वाधार तथा आयश्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तिनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे । प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच भइरहेको छ ।

प्रकाशित : मंशिर २१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशमा जसपा नेपाल निर्णायक बनेपछि सत्तामा फर्किन बार्गेनिङ गर्दै छन् : उपेन्द्र यादव JCNEPAL MEDIA

ट्रम्पसँग छलफल गर्न मोदी अमेरिका जादै : JCNEPAL MEDIA

जसपा बैठक चलिरहँदा अध्यक्ष यादवलाई ओली देउवाको फोन वर्ता : JCNEPAL MEDIA

चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार : सर्वाेच्च अदालत JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

सरस्वतीपूजा औपचारिकता मात्र नभई नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो: राष्ट्रपति पौडेल JCNEPAL MEDIA