WI-FI बन्द गर्न भनेपछि आफ्नै नाति नातिनि बाट हजुरबुवा भए हत्या JCNEPAL MEDIA

पुष २५२०८१ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए। घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पुर्‍याइएको थियो।

उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए। ‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो। लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई उनीहरूलाई पक्राउ गरेको थियो।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA