आर्मीभन्दा बागमती १५२ रनले पछाडि : जय ट्रफी पुरुष एलिट कप JCNEPAL MEDIA

पुष २५२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा पूरा ६० ओभर खेल्ने पहिलो टोली बनेको छ । विभागीय टोली आर्मीले बुधबार पहिलो इनिङ्समा तोकिएको पूरै ६० ओभर खेलेर ५ विकेट गुमाई २ सय ७६ रन बनायो ।

प्रतियोगिताको नियमअनुसार पहिलो इनिङ्समा ६० ओभर खेलेपछि इनिङ्स समाप्त हुनेछ । जवाफमा आएको बागमती प्रदेशले पहिलो दिनको खेल टुंगिँदा २२ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन बनाएको छ । आर्मीभन्दा बागमती अझै १ सय ५२ रनले पछाडि छ ।

मंगलबार रातिको सिमसिमे वर्षा र बिहानको बाक्लो हुस्सुका कारण जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती र आर्मीको खेल ढिलो सुरु भयो । इमरान शेख र तृतराज दासले २४ ओभरभित्र १ सय ३ रनको साझेदारी गरी आर्मीलाई उत्कृष्ट सुरुआत दिलाए । तृतराजले ७८ बलमा ६ चौकासहित ४४ रन बनाए । उनलाई बागमतीका कप्तान सन्दीप लामिछानेले एलबीडब्लू आउट गरे ।

प्रकाशित : मंशिर २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA