अनलाइन सपिङ न गराैं ! गर्नै पर्याे भने, ‘क्यास अन डेलिभरी’ गराैं प्रहरीको आग्रह JCNEPAL MEDIA

पुस २६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सामाजिक सञ्जालहरूमा आकर्षक फोटो र भिडियोहरू सार्वजनिक गर्दै ग्राहकलाई विभिन्न सामान अर्डर गर्न प्रेरित गर्ने र सामान डेलिभर नगरी रकम ठगी गर्ने प्रवृत्ति बढिरहेको नेपाल प्रहरीले जनाएको छ ।

अनलाइन व्यापारको नाममा हुने यस्ता ठगीका घटनाबारे सचेत रहन प्रहरीले नागरिकलाई आग्रह गरेको छ । यस्ता ठगीबाट बच्ने उपायमा प्रहरीले 'क्यास अन डेलिभरी' विकल्प रोज्न सकिने उल्लेख गरेको छ । प्रहरीले बिहीबार जारी गरेको सूचनाअनुसार सामाजिक सञ्जालहरूमा विभिन्न साइटहरू खोलेर ग्राहकलाई आकर्षक योजनाहरू प्रस्तुत गर्ने र ग्राहकले सामान अर्डर गरेपछि उनीहरूलाई बैंक खातामा रकम ट्रान्सफर गर्न वा क्यूआर कोड स्क्यान गरी रकम बुझाउन भनिन्छ । रकम प्राप्त भएपछि ठगहरूले सम्पर्क बन्द गर्ने र सामान नपठाउने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।

कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन भई ठगी गर्ने प्रवृत्ती बढेको छ, प्रहरीको सूचनामा भनिएको छ, यसबारे सजग रहन सम्पूर्णमा अनुरोध छ । प्रहरीले यस्ता घटनाबाट बच्न केही सुझावहरू दिएको छ । त्यसमा अर्डर गरेको सामान प्राप्त गरेपछि मात्रै नगद भुक्तानी दिने ‘क्यास अन डेलिभरी’ विकल्प अपनाउन सकिने उल्लेख छ ।

त्यस्तै, आधिकारिक विक्रेता यकिन गरेर मात्रै सामान अर्डर गर्न भनिएको छ । ‘अन्य ग्राहकको प्रतिक्रिया हेर्ने, अन्य बिक्रेतासँग मूल्य तुलना गर्ने,प्रहरीको सुझाव छ । ठगीमा परियो भने के गर्ने भन्नेबारे पनि प्रहरीले सुझाव दिएको छ । यस्ता ठगीमा परे स्क्रिनसट र लिंकसहित प्रहरीको साइबर ब्युरोमा निवेदन दर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाबाहिरका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित : मंशिर २६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA