सिरहा नरहाकाे तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई कैदसहित जरिवानाJCNEPAL MEDIA

पुस २९,२०८१ / जेसी नेपाल संवाददाता

सिरहाको नरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई कैदसहित जरिवाना भएका छन । सिरहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

६ महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतले दोषी ठहर हुने फैसला गर्दै नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई कैदसहित जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतले आइतबार अनियमितता गरेको भन्दै उनीहरूलाई सजायको फैसला सुनाएको छ । विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाएको छ ।

त्यस्तै उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने फैसला गरेको छ ।

प्रकाशित : पुस २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA