सिरहा नरहाकाे तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई कैदसहित जरिवानाJCNEPAL MEDIA

पुस २९,२०८१ / जेसी नेपाल संवाददाता

सिरहाको नरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई कैदसहित जरिवाना भएका छन । सिरहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

६ महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतले दोषी ठहर हुने फैसला गर्दै नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई कैदसहित जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतले आइतबार अनियमितता गरेको भन्दै उनीहरूलाई सजायको फैसला सुनाएको छ । विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाएको छ ।

त्यस्तै उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने फैसला गरेको छ ।

प्रकाशित : पुस २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA