१२ दिनदेखि फेसबुकमा हराईरहेकी यृुवति अचानक बिहे गरेको फोटो हाले -JCNEPAL MEDIA

माघ २,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : विगत १२ दिनदेखि हराईरहेकी जनकपुरकी एक युवतिको फोटो समाजिक सँजालमा खोजि गरिदिनको लागि सबैले फेसबुकमा पोष्टयाइन् । समाजिक सँजालमा फेसबुकमा उनलाई खोजिदिनको लागि सबैले पोष्ट साँझा गरिन्, तर अचानक माघ १ गते मँगलबार बिहे गरेको फोटो फेसबुकमा हालेपछि पोष्टयाउनेहरु आश्चर्यचकित भए ।

गत पुस १९ गतेदेखि नै हराईरहेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलाकुट्टि बस्ने मधु कुमारी साह अचानक बेपत्ता भएकी थिईन् । जनकपुरको पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम बर्षको परीक्षा दिन निस्केकी मधु पुनः फिर्ता घर नआएपछि उनको खोजबिन सुरु भयो ।

जनकपुरसहित अन्य ठाउँबाट समाजिक सँजालमा मधुको एक तस्विर राखेर सबैले हेल्प गरिदिने भनेर पोष्ट गरे । उनी हराएको दिनदेखि १२ दिनपछि आफ्नो फेसबुकमा एक युवकसँग बिहे गरेर फोटो हालेपछि उनको सहयोग पोष्टयाउनेहरु सो तस्विर पनि हाल्न सुरु गरेको देखिएको छ । अहिले समाजिक सँजाल फेसबुकमा उनको हेल्प पोष्टभन्दा पनि उनले एक युवकसँग बिहे गरिसकेको तस्विर हालेर ट्रोल पनि गरिएको पाईएको छ ।

यद्यपी, उनको नीजि नितान्त जीवन भएपनि उनले नै तस्विर सार्वजनिक गरेपछि ट्रोल हुन पुगेकी हुन् । अहिले समाजिक सँजालमा उनको चर्चा देखिएको छ । हामी उनको वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दछौँ ।

प्रकाशित : माघ २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA