कांग्रेसबाट मन्त्री भएकाहरुलाई बाेलाए बुढानीलकण्ठ : सभापति देउवा -JCNEPAL MEDIA

माघ २,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बाेलाएका छन् । सभापति देउवाले बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई बाेलाएका हुन् ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो । दोस्रो बैठक बिहीबारका लागि बोलाइएको छ । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री छन् ।

कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : माघ २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA