ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतकाे आदेश -JCNEPAL MEDIA

माघ २,२०८१ / जेसी नेपाल संवाददाता

ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन जिल्ला अदालत धनुषाको ३ नम्बर इजलासका न्यायधिश दिलीप कुकार बर्देवाले आदेश दिएका हुन् । सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो ।

ठाकुरसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीन जना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको भन्दै उनीहरुलाइ समेत पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

प्रकाशित : माघ २,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA