संकल्प प्रस्ताव पास भएता पनि सरकार फेल भएको जन्ताकाे बुझाइ : मधेस प्रदेश -JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : संकल्प प्रस्ताव पास भएता पनि सरकार फेल भएको जन्ताकाे बुझाइ रहेको छ । मधेश प्रदेश सभाबाट ४३ मत सहित संकल्प प्रस्ताव पास भएको छ । १०७ सदस्यीय सभामा जम्मा ५९ जनाको उपस्थितिमा गरिएको मतदानमा १६ जनाले संकल्प प्रस्तावको बिपक्षमा मतदान गरेका छ्न भन्ने पक्षमा ४३ मत परेकोछ ।

आर्थिक बर्ष २०८०/८१ को बिनियोजित बजेटमा व्यापक अनियमितता भएको भन्दै तत्कालिन अवस्थामा केही प्रदेश सभा सदस्यहरुले सभामा आवाज उठाउदा अनियमितताको छानबिन गर्न बनेको संसदीय समितिले अनियमितताको प्रमुख कारक मध्ये एक उपभोक्ता समिती मार्फत हुने कानुन रहेको ठम्याई गरेको प्रतिबेदनमा दिएको सुझाब दिएको थियो ।

तर, प्रतिवेदनलाई मध्ये नजर गर्दै हाल मुख्यमन्त्री सतिश सिंहको नेतृत्वको सरकारले भ्रष्टाचार न्युनिकरण गर्ने उपायको रुपमा नया कानुन निर्माण गर्ने उपायको अबलम्बन गर्दै २०८१/८२ को नीति तथा कार्यक्रममा ५० लाखभन्दा कमको योजना स्थानीय सरकार मार्फत र ५० लाख भन्दा बढिको योजना ठेक्का प्रकृयाबाट गर्ने कानुन निर्माण गर्यो र उक्त कानुनलाई सभाले सर्वसम्मतीबाट अर्थात १०७ जनाले नै पास पनि गरेका थिए ।

तर , सरकारमा सहभागी दलहरुको मन्त्रीहरुलाई कमिसन खाने सहज हुने खाले कानुन नभएकोले यादले फेरि उहीँ कमिसन खान मिल्ने पुरानो कानुन अर्थात उपभोक्ता केन्द्रित कामको खोजीमा सभा सदस्यहरूले सभामा दवाब शृजना गर्न थाले पछि , बाध्य भएर सरकारका सत्तासाझेदार दलहरुले संकल्प प्रस्ताव लिएर आएको थियो र त्यो पास पनि भयो।हुनत यो संकल्प प्रस्ताब पास भै सक्यो तर १०७ जनाले सर्वसहमतीले पास गरेको कानुनलाई परिवर्तन गर्न सदनमा जम्मा ५९ जनाको उपस्थिति र त्यसमा पनि जम्मा ४३ मतले गणितीय हिसाबले संकल्प प्रस्तावले सफलता त पायो तर नैतिक खडेरीको शुरुवात भएको आम बुझाई छ ।

एउटा प्रमुख प्रतिपक्ष दलका नेताकाे भनाइ

जसपा, नेपाल पार्टी मधेस प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सराेज कुमार यादवले भने, मधेस प्रदेशका सता गठबन्धनका दलका नेताहरूले लियाएकाे संकल्प प्रस्ताव विना तुककाे र कानुन विपरीत रहेको छ । संकल्प प्रस्ताव कुन प्रस्थितिमा लियाउछ, भने सरकार परिवर्तन वा विशेष परिस्थितिमा एक- दुई पार्टीलाई आर्थिक बर्षकाे बीचमा सरकारमा समावेश गराएको बखतमा तर, याे सरकार र सरकारमा रहेका दलका नेताहरूले सम्पूर्ण सरकारकाे चालुबजेटलाई नै खरिदबिक्री गर्ने जस्ता भागबन्डामा अधारित संकल्प प्रस्ताव लियाएर सरकार फेल गराएका छन । याे संकल्प प्रस्ताव बाट जनभावना अनुसारको विकास हुदैन र दिगो भरपर्दो बजेट वितरण हुदैन । त्यसैले सरकार फेल भएको बुझिएको छ । त्यसर्थ मुख्यमंत्रीलाई नैतिकताकाे अधारमा रजिनामा दिनु पर्छ । उनले भने, याे संकल्प प्रस्ताव पास भएपनि कानुन बन्दैन ।

अब, यो संकल्प प्रस्तावको सफलता संगै बिचौलियाहरुले योजना बेचबिखनमा सफलता त पाउला तर भ्रष्टाचार बिरुद्ध सुन्य सहनशीलताको नारा दिएर सरकारका बागडोर सम्हालेका सतिश सिंहको सरकार फेल भएको आम बुझाइ छ ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA