सरकार ढले ‘पार्टनर’ कांग्रेस प्रचण्डको भनाइ , शशांकको जवाफ- राजनीतिमा जे पनि हुन्छ : JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मंगलबार दिउँसो चितवनको भरतपुर विमानस्थलमा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ दल कांग्रेसका दुई नेताको जम्काभेट भयो । प्रचण्डसँग कांग्रेसका नेता शशांक कोइराला र चन्द्र भण्डारीबीच जम्काभेट भएको थियो । विमानस्थलमा तीनै जना नेता भएपछि सञ्चारकर्मीले सरकारको आयुबारे प्रश्न गरे । यसअघिदेखि नै पटक पटक सरकारको आयु लामो नभएको बताउँदै आएका प्रचण्डले अहिले पनि आफूहरूको प्राथमिकतामा सरकार नभएको जिकिर गरे । ‘हाम्रो प्राथमिकतामा सरकार छैन ।

मैले धेरैचोटी भनेको छु । हाम्रो प्राथमिकता जनतासँगको सम्बन्ध विस्तार गर्ने कुरामा छ : प्रचण्डले भने । तर, यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वभाविक छैन, पारदर्शी पनि छैन । फेरि गरेका काम पनि उल्टा/उल्टा हुँदै गएका छन्, अहिले अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ । प्रचण्डले सरकारबारे यस्तो बताइरहँदा सँगै बसेको नेता भण्डारी असहज महसुस गरिरहेको देखिन्थे । प्रचण्डले थप भने, हामी चिन्तित छौं, गइदिए हुन्थ्यो भन्ने हो, ०८४ सम्म गए पनि ठिकै हो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई । गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो ।’

प्रचण्डले यति भन्दा अर्का नेता शशांक झनै असहज मान्न थाले । उनी जुरुक्क उठेर पत्रकार सम्मेलन भएको स्थानबाट मोडिन खोज्दै थिए । केही सञ्चारकर्मीले उनलाई रोकेर प्रचण्डलाई नै गरेको प्रश्न दोहोर्‍याए । जवाफमा उनले भनेका छन्, ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ । राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ । 

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA