पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार : पर्वत JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

पर्वत : पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समय देखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज

नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठ देखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए । पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजना बाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए । उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए ।

खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो । जस मध्ये १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्था मार्फत एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए । आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुई वटा इन्टेक टङ्की, दुईवटा फिल्टर टङ्की, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टङ्की निर्माण गरिएको छ ।

बस्ती भन्दा माथि रहेको जङ्गलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहान बाट पानी ल्याइएको छ । कूल छ हजार सात सय ६२ मिटर पाइपलाइन मार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए । घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुुर पुनले बताए । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् ।

वर्षौ देखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए । मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै गएको छ । ढुङ्गैढुङ्गाले छाएका घरहरु, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्र बाट पर्यटकहरु आउने गर्दछन् । अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गका रुपमा विकास भएको नयाँपुल–देउपुर–लप्सीवोट–देउराली–लेसपार हुँदै पर्यटक पर्वतको जलजला देखि म्याग्दीको नागी, पुनहिल लगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दैै आएका छन् ।

रासस प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान : JCNEPAL MEDIA

सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय : JCNEPAL MEDIA

जेन-जीको प्रदर्शनमा अभियान्ता ‘ई.’का भाइ ईश्वतको मृत्यु : JCNEPAL MEDIA

मृत्यु हुनेको संख्या ९ पुग्यो : जेनजी प्रदर्शन JCNEPAL MEDIA

जेनी- जी’को प्रर्दशनमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने : काठमाडौं JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA