१ हजार ८६ जना एमाले कार्यकर्ता भीम रावलको पार्टीमा प्रवेश : अछाम JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अछामका १ हजार ८६ जना सक्रिय कार्यकर्ताले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेबाट निष्काशित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको बताएका छन् ।

एमाले परित्याग गरेर रावलको अभियानलाई समर्थन गर्नेहरुमा प्रदेश कमिटी तथा विभागीय सदस्य–७, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्का १ जना रहेका छन् ।

त्यसैगरी जिल्ला कमिटी सदस्य १७ जना, पूर्व जिल्ला कमिटी सदस्यहरु ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२ जना, अनेमसंघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु–८ जना, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु– २२ जना, संगठित सदस्य ६३७ जना र एमालेका ३५३ जना समर्थकहरुले पनि रावलको अभियानलाई समर्थन गरेका छन् ।

त्यस्तै, अन्य पार्टीबाट पनि ५ जना रावलको अभियानका जोडिएका छन् ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA