१ हजार ८६ जना एमाले कार्यकर्ता भीम रावलको पार्टीमा प्रवेश : अछाम JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अछामका १ हजार ८६ जना सक्रिय कार्यकर्ताले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेबाट निष्काशित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको बताएका छन् ।

एमाले परित्याग गरेर रावलको अभियानलाई समर्थन गर्नेहरुमा प्रदेश कमिटी तथा विभागीय सदस्य–७, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्का १ जना रहेका छन् ।

त्यसैगरी जिल्ला कमिटी सदस्य १७ जना, पूर्व जिल्ला कमिटी सदस्यहरु ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२ जना, अनेमसंघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु–८ जना, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु– २२ जना, संगठित सदस्य ६३७ जना र एमालेका ३५३ जना समर्थकहरुले पनि रावलको अभियानलाई समर्थन गरेका छन् ।

त्यस्तै, अन्य पार्टीबाट पनि ५ जना रावलको अभियानका जोडिएका छन् ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA