पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

अबुजा : मध्य नाइजेरियामा एक पेट्रोल ट्यांकरमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्यांकर पल्टिएको बताए । मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विस्फोट भएको बताइएको छ ।

उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको संख्या ५५ जना रहेको बाबा आराले बताए । “नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,” उनले भने । राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बारामा सशस्त्र प्रहरीकै ढाँटमा रकम असुली गरी ‘तस्करीको लाइन’ खुलेआम : JCNEPAL MEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA