रुपन्देही जिल्ला अदालतमा सकियो रविको बयान- JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो । थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

अब बिहीबारदेखि थुनछेक बहस हुने छ । पूर्वगृहमन्त्री लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ । लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यवसायी रुपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानून व्यवसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ । त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन् । उनीहरु पनि बहसका लागि रुपन्देही आइपुगेका छन् । सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने छन् ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख र काठमाडौंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । सुप्रिम सहकारीमा लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA