लागूऔषध सहित दुई जना पक्राउ : सिरहा JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुर : लागूऔषध सहित दुई जना पक्राउ परेका छन । लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाले लागूऔषधसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

९ गते साझ ४ बजे जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १७ भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जयनगर (भारत) बाट माडरतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाईकल माथि शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं.७ बस्ने अन्दाजी वर्ष २५ को हृदय सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो।

निज हृदय सिंह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई उक्त लागूऔषध र मोटरसाईकल रीतपूर्वक बरामद गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ।

प्रकाशित : माघ १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA