वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिमा न्यायाधीश समाजको आपत्ति : JCNEPAL MEDIA

माघ १०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगी अभियोगको विषयलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको अभिव्यक्तिप्रति न्यायाधीश समाज नेपालले आपत्ति जनाएको छ। पीडित पक्षबाट बहस गरेका त्रिपाठीले जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारी र कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले धरौटीमा रिहा गर्न आदेश दिएपछि आलोचना गरेका थिए।

आफूले बहस गरेबमोजिमको आदेश नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको ठहर छ। न्यायाधीश समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो।

समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज, नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ। न्यायाधीश समाज बहालवाला न्यायाधीशहरुको संगठन हो।

प्रकाशित : माघ १०,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA