माधव नेपालको पार्टीका संस्थापक अध्यक्ष हंशराज वाग्ले कांग्रेसमा प्रवेश : JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवासँग सदस्यता लिएर कांग्रेसमा प्रवेश गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको विशेष पहलमा वाग्ले कांग्रेसमा प्रवेश गरेका हुन् । वाग्लेको विगतको पृष्ठभूमि कांग्रेसको हो ।

एमाले, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट पार्टीमा चहारेर अन्तिममा वाग्ले पुनः कांग्रेसमा फर्किएका छन् । वाग्ले नेकपा (एकीकृत समाजवादी)का ओखलढुङ्गाका संस्थापक अध्यक्ष पनि हुन् । तत्कालीन समयमा नेकपा विभाजनका बेला कांग्रेस छाडेर प्रचण्ड–माधव नेपाल पक्षीय नेकपामा लागेका वाग्ले नेकपा (एकीकृत समाजवादी) संस्थापक जिल्ला अध्यक्ष भएका थिए ।

समाजवादी खेलकुद महासंघको कोशी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिव समेत रहेका वाग्ले निकै चल्तापुर्जा मानिन्छन् ।

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA