माधव नेपालको पार्टीका संस्थापक अध्यक्ष हंशराज वाग्ले कांग्रेसमा प्रवेश : JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवासँग सदस्यता लिएर कांग्रेसमा प्रवेश गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको विशेष पहलमा वाग्ले कांग्रेसमा प्रवेश गरेका हुन् । वाग्लेको विगतको पृष्ठभूमि कांग्रेसको हो ।

एमाले, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट पार्टीमा चहारेर अन्तिममा वाग्ले पुनः कांग्रेसमा फर्किएका छन् । वाग्ले नेकपा (एकीकृत समाजवादी)का ओखलढुङ्गाका संस्थापक अध्यक्ष पनि हुन् । तत्कालीन समयमा नेकपा विभाजनका बेला कांग्रेस छाडेर प्रचण्ड–माधव नेपाल पक्षीय नेकपामा लागेका वाग्ले नेकपा (एकीकृत समाजवादी) संस्थापक जिल्ला अध्यक्ष भएका थिए ।

समाजवादी खेलकुद महासंघको कोशी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिव समेत रहेका वाग्ले निकै चल्तापुर्जा मानिन्छन् ।

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA