डीआईजी कार्कीले १ महिनामै देखाइदिए आफ्नो प्रभाव , झण्डै ५ करोड राजश्व संकलन : JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

मसुरिया : लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्रै ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाले ४ करोडभन्दा धेरै रकम जरिवाना संकलन गरेको बताए ।

डीआईजी कार्कीले नेतृत्व सम्हालेपछि लुम्बिनी प्रदेशभित्रका जिल्लाहरूबाट एक महिनामै ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरिदिएका छन् । लुम्बिनी प्रदेशका जिल्लाहरूमा रहेको बेथिति, अनियमितता र लापरबाहीलाई नियन्त्रण गर्ने क्रममा उनले ठूलो रकम जरिवानाबाट राजश्व संकलन गरिदिएका छन् । साउनदेखि पुस मसान्तसम्म ८ करोड ६७ लाख ७६ हजार ९ सय ९४ रुपियाँ जरिवाना संकलन भएको उनले बताए । डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरीको नेतृत्व सम्हालेपछि लुम्बिनी प्रदेशका जिल्लाहरूमा हुने तस्करी, अबैध कारोबार लगायतका गतिविधि क्रमशः नियन्त्रण हुन लागेको छ ।

पुस महिनामा मात्रै लुम्बिनी प्रदेशका १२ जिल्लामा फैसला कार्यान्वयनका क्रममा ४ सय ८४ जना पक्राउ परेका छन् । सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ११२ जना फरार व्यक्तिहरू पक्राउ गरेको छ । सबैभन्दा कम फरार प्रतिवादी पक्राउ गर्नेमा अर्घाखाँची र रोल्पा छन् । साउनदेखि पुस मसान्तसम्म १ हजार ५ सय १९ जना फरार मानिसहरू पक्राउ परेका छन् । पुस महिनामा शीर्षकगत प्रतिवादी पक्राउ पर्नेमा जबरजस्ती करणीमा १६, चेक अनादरमा ५०, बालविवाहमा ७, सवारी ज्यान सम्बन्धी मुद्दामा ३९, लागुऔषध ४३, बैंकिङ कसूरमा २१, कुटपिटमा ४९, चोरी र डाँकामा ४९, कर्तव्य ज्यानमा ११ र अन्यमा १९९ जना पक्राउ परेको डीआईजी कार्कीले बताए ।

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA