धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको छु : प्रचण्ड JCNEPAL MEDIA

माघ १२,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरी विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको संकेत गरेका छन्। दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताए।

सरकारमा जान हतारो नभएको भन्दै आफु जनताको विचमै रमाईरहेको पनि दावी गरे। पछिल्लो चोटी नराम्रो धोका खाए मैले। र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन : उनले भने ।सरकारमा जान हतारो छैन। जागरण अभियानलाई उचाईमा पुर्‍याउने संकल्प लिएको छु।

माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादीनै हुने पुष्टी गरेको जिकिर गरे। उनले आफु सरकारमा हुदा र सरबारबाट बाहिरिदा पनि निरन्तर जनताको पक्षमा जडिरहेको दावी गरे। सरकारमा हुदा र सरकारबाट बाहिर हुदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने : सरकार होइन ।

म जनता संग रमाईराखेको छु।प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेका थिए। उतिबेला शिलान्यास भएको अस्पताल मध्य राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो।

प्रकाशित : माघ १२,२०८१         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA