धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको छु : प्रचण्ड JCNEPAL MEDIA

माघ १२,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरी विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको संकेत गरेका छन्। दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताए।

सरकारमा जान हतारो नभएको भन्दै आफु जनताको विचमै रमाईरहेको पनि दावी गरे। पछिल्लो चोटी नराम्रो धोका खाए मैले। र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन : उनले भने ।सरकारमा जान हतारो छैन। जागरण अभियानलाई उचाईमा पुर्‍याउने संकल्प लिएको छु।

माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादीनै हुने पुष्टी गरेको जिकिर गरे। उनले आफु सरकारमा हुदा र सरबारबाट बाहिरिदा पनि निरन्तर जनताको पक्षमा जडिरहेको दावी गरे। सरकारमा हुदा र सरकारबाट बाहिर हुदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने : सरकार होइन ।

म जनता संग रमाईराखेको छु।प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेका थिए। उतिबेला शिलान्यास भएको अस्पताल मध्य राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो।

प्रकाशित : माघ १२,२०८१         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA