राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन : काठमाडौं JCNEPAL MEDIA

माघ १२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतघरमा प्रदर्शन भएको हो। नेपालीको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए।

उनीहरूले सवै नेपालीहरु एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए। प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबरस्पेश सार्वभौमसत्ता कायम गर, प्रतिक्रियाबादी व्यवस्था मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित : माघ १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA