राष्ट्र बैंककै कारण संकटमा बैंकिङ क्षेत्र: असक्षम नेतृत्वको अपारदर्शी निर्णय हावी

माघ १२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडाैं : नेपालको बैंकिङ क्षेत्र हाल गम्भीर संकटको सामना गरिरहेको छ। यसको प्रमुख कारणहरू मध्ये गैर-कार्यशील कर्जा (NPA) लुकाउने प्रचलन, नेपाल राष्ट्र बैंक (NRB) को प्रभावकारी निगरानीको अभाव, र बैंकका कार्यकारी प्रमुखमाथि समयमै उचित कारबाही नहुनु जस्ता समस्या हुन्। अधिकांस बैंकहरूले आफ्नो वित्तीय अवस्था राम्रो देखाउन गलत तथ्यांक प्रस्तुत गर्ने गरेका छन्, जसले दीर्घकालीन रूपमा बैंकिङ प्रणालीलाई निकै कमजोर बनाउँदै लगेको छ। यस्तो जटिल अवस्थामा राष्ट्र बैंकको भूमिकामाथि प्रशस्तै रूपमा प्रश्न उठाउने ठाउँमा छ। यदि राष्ट्र बैंकले कार्यकारी प्रमुख हरूमाथि समयमै कडा कारबाही गरेको हुन्थ्यो भने आजको अवस्था नआउन सक्थ्यो।

तर, यसको सट्टा राष्ट्र बैंक आफैंले अनावश्यक रूपमा बैंकहरूबाट फाइदा लिनु, आफ्ना मान्छेहरूलाई बैंकका कर्मचारीको रूपमा भर्ती गर्न दबाब दिनु, र राजनीतिक संरक्षण प्रदान गर्नुले समस्या झनै चर्किएको छ। एउटा संचालक तथा कार्यकारी प्रमुखले बारम्बार गल्ती गर्दा समेत कारबाही गर्नुको सट्टा नरम रवैया अपनाउने प्रवृत्तिले अन्य बैंकहरूको व्यवस्थापनलाई पनि गलत सन्देश दिएको छ। हालै मात्र एक वाणिज्य बैँकका संचालक र प्रमुख कार्यकारी अधिकृतले बैंकिङ कसुरजन्य अपराध गरेको निष्कर्ष निकालेको राष्ट्र बैंकले उनीहरुलाई नसिहत दिएर मात्रै उन्मुक्ति दिएको छ। जसले गर्दा जस्तो सुकै गम्भीर अपराध गरेपनि छुट्कारा पाईन्छ भन्ने सोचले मान्यता पाएको छ । * प्रमुख कार्यकारी अधिकृत ( सीइओ) मा अनुशासनको अभाव प्रमुख कार्यकारी अधिकृत हरूमा स्पष्ट र कडा जवाफदेहिताको व्यवस्था नहुँदा उनीहरूले नियमविपरीतका काम गर्ने गरेका छन् ।

जस्तोसुकै अपराधमा समेत नियामक निकाय मुकदर्शक बन्दा डराउने र संस्थाप्रती उत्तरदायी हुने अवस्था छैन।

* राजनीतिक कित्ता छुट्याउने नियामकिय प्रवृत्ति

राष्ट्र बैंकले राजनीतिक कित्ता छुट्याइएर मात्रै काम करबाही गर्ने गरेको छ। राजनीतिक दबाब र प्रभाव र पहुँचका आधारमा सिईओ तथा संचालनहरूको नियुक्ति गर्ने उनीहरुको संरक्षण गरिने हुँदा उनीहरूले बैंकको स्रोत-साधनलाई संस्थागत तथा लगानीकर्ताको हितभन्दा बढी व्यक्तिगत लाभका लागि प्रयोग गर्ने गरेका छन्। जसका कारण बैंक धरासायी अवस्थामा पुगेको छ। * राष्ट्र बैंकको फितलो सुपरिवेक्षण र कमजोर करबाही प्रक्रिया राष्ट्र बैंकको सुपरभिजन विभागको कार्यसम्पादन निकै कमजोर देखिएको छ ।

जसका कारण बैंकहरूको निगरानी प्रभावकारी रूपमा हुन सकेको छैन। एउटै प्रक्रियाका गल्ती बारम्बार गर्ने बैंकका सिइओहरूमाथि कारबाही समयमै नगरिनु र बैंकिङ प्रणालीलाई सुधार गर्न ढिला गरिनु यसका स्पष्ट उदाहरण हुन्। प्रभाव: * बैंकहरूको स्वायत्तता तथा कार्यसम्पादनमा ह्रास हाल सुपरिवेक्षण विभागको नेतृत्वमा राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना र कार्यकारी निर्देशक रामु पौडेल छन् । बैंक वित्तीय सँस्थामा देखिएको समस्यालाई लिएर उनीहरुको कर्यक्षमता र कर्यसम्पादनको चौतर्फी आलोचना भइरहेको छ । तत्काल सुधार गर्नुपर्ने काम नगरी राजनितिक कित्ता छुट्याएर राष्ट्र बैँकले अनावश्यक हस्तक्षेपले गर्दा बैंकहरूले आफ्नो व्यावसायिक स्वायत्तता गुमाएका छन्। जसले गर्दा उनीहरूको दीर्घकालीन रणनीति योजना कमजोर भएको छ।

* बैंकिङ क्षेत्र संकटमा: प्रमुख जिम्मेवार राष्ट्र बैंक

बैंक तथा वित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको वित्तीय अपराधमाथि समयमै कडा कारबाही गरी बारम्बार गल्ती गर्ने हरूमा तत्काल कारबाही गर्दै उनीहरूलाई बैंकिङ क्षेत्रमा पुनः संलग्न हुन नदिने कानुनी व्यवस्था लागू गर्न अत्यन्त जरुरी छ। यसबाट अन्य वित्तीय सँस्था सचेत रहने अवस्था रहन्छ। त्यस्तै, राष्ट्र बैंकको आन्तरिक प्रणालीमा सुधार गर्दै, अनियमितता र व्यक्तिगत स्वार्थ प्रवर्द्धन गर्ने कर्मचारीहरूलाई कारबाही गर्न सक्नुपर्छ भने राजनीतिक रुपमा हुने अनावश्यक हस्तक्षेपको अन्त्य गरि बैंकिङ क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न स्पष्ट नीति लागू गरिनुपर्छ। राष्ट्र बैंकको सुपरभिजनको सुदृढीकरणमा जोड दिँदै सुपरभिजन विभागलाई सक्षम एवम् उत्तरदायी नेतृत्वको मातहतमा राखी बैंकहरूको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्छ।

त्यसैगरी स्वायत्तता र पारदर्शिता प्रवर्दनलाई प्राथमिकतामा राखी बैंकहरूको पारदर्शिता सुनिश्चित गर्न प्राविधिक सुधार गर्दै डिजिटल अनुगमन प्रणाली लागू गर्नुपर्छ। नेपालको बैंकिङ क्षेत्रलाई दिगो बनाउनुका लागि अब कडा नीति र कठोर कदम अनिवार्य छ। यदि समयमा नै यी समस्या समाधान गरिएन भने, यसले सम्पूर्ण आर्थिक प्रणालीमा गम्भीर संकट ल्याउने निश्चित छ। राष्ट्र बैंकले नरम रवैया त्यागी जिम्मेवार र पारदर्शी कार्य प्रणाली अंगालेर बैंकिङ क्षेत्रको भविष्य सुरक्षित गर्नतर्फ लाग्नुपर्छ अन्यथा बैंकिङ क्षेत्र तहसनहस हुनुको प्रमुख जिम्मेवार नेपाल राष्ट्र बैंक हुने प्रष्ट छ ।

प्रकाशित : माघ १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ट्रम्प राष्ट्रपति हुदै अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटकाे मूल्य घट्याे : JCNEPAL MEDIA

संसदमा पुग्यो प्रहरी विधेयक, १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने - JCNEPAL MEDIA

एनआईसी एशियाको संस्थागत सुशासनमा लापरबाही , चार कारण देखाएर राष्ट्र बैंकको कारबाही - JCNEPAL MEDIA

प्रहरी अधिकारीहरुकै संलग्नतामा पर्साको अमरपट्टी नाकाबाट संगठित तस्करी गराइरहेको आरोप -JCNEPAL MEDIA

राजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा माघ आठमा भए दर्ता -JCNEPAL MEDIA

डाेनल्डट्रम्पको 'कारोबारी' विदेश नीतिले नेपालमा पार्न सक्ने प्रभाव-JCNEPAL MEDIA