रूपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिएर रविलाई छाड्न गरे आदेश -JCNEPAL MEDIA

माघ १४,२०८१ / जेसी नेपाल संवाददाता

जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आइतवार एक करोड रुपैयाँ धरौटी लिएर लामिछानेलाई थुनाबाहिरै राखी मुद्दा अघि बढाउन आदेश दिएको अदालतका तहसिलदार कुमार खतिवडाले बीबीसीलाई बताए। उनले भने, "एक करोड रुपैयाँ धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश भएको हो।" यसअघि थुनछेक बहसका क्रममा उक्त अदालतले तीन पटक उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।

गत बुधवार लामिछानेलाई बयान लिइएको उक्त अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा गत बिहीवारदेखि थुनछेक बहस सुरु भएको थियो। थुनछेक बहसको पहिलो दिन बिहीवार सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएका थिए। शुक्रवार प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका थिए। आइतवार सबै पक्षको बहस कसिएको र जबाफी बहस पनि भएको अधिकारीहरूले बताएका छन्।

लामिछानेविरुद्ध गत साता रूपन्देही जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता भएको थियो। रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ जनासहित ४२ जनाविरुद्ध त्यहाँ मुद्दा दर्ता भएको छ। यसअघि उक्त अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। लामिछानेलाई धरौटी लिएर छाड्न आदेश दिए पनि उनले पूर्ण रूपमा सफाइ पाएका होइनन्। सुप्रिम सहकारीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

रूपन्देही जिल्ला अदालतले लामिछानेलाई "तत्काल प्राप्त प्रमाणबाट कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको" भन्दै उनीसँग धरौटी माग गरेको जनाइएको छ।

* चितवनमा र पर्सामा के हुँदैछ? जिल्ला सरकारी वकिलको कार्यालय चितवनले यसै साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गरिने जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले चाहिँ अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने बताएको छ। यसअघि माघ २ गते काठमाण्डू जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा कास्की जिल्ला अदालतले लामिछानेलाई रिहा गरेका थिए।

प्रकाशित : माघ १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA