कांग्रेस संसदीय दलमा उच्चस्तरीय संयन्त्रबारे थापा र अध्यादेशबारे तीन विज्ञको प्रस्तुति - JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : कांग्रेस संसदीय दलको बैठकमा सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रबारे महामन्त्री गगन थापा र अध्यादेशबारे तीनजना विज्ञले प्रस्तुति दिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दलको बैठकमा सरकार संचालनमा सुझाव दिनका लागि गठित एमाले र कांग्रेसको उच्चस्तरीय संयन्त्रबारे सांसदहरूलाई महामन्त्री थापाले प्रस्ट पारेका थिए ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाही र अध्यादेशसँगै उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी गराइएको थियो । घिमिरेले बैठकपछि भने, 'गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रस्ट पार्नुभयो । उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रस्तुत गर्नुभयो । तीन जना विज्ञहरूले अध्यादेशमा आएका ऐनहरूको अन्तरवस्तुको विषयमा प्रकाश पार्नुभयो ।

अध्यादेशको आवश्यकता र अध्यादेशका विषयवस्तु तथा समस्याका विषयमा खुलेर छलफल भएको छ । कांग्रेस सांसदहरूलाई प्रताप पौडेल, अधिवक्ता सेमन्त दाहाल र वरिष्ठ अधिवक्ता अरुण पौडेलले अध्यादेशका विषयवस्तुबारे जानकारी गराएका थिए । सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय संयन्त्रमा कानुन सुधार कार्यदलमा रहेका उनीहरूले सुशासन, सेवा प्रवाह र लगानी प्रबर्धनका लागि अध्यादेश ल्याउनुपरेको विषय सांसदहरूसमक्ष राखेका थिए । अर्थतन्त्रमा समस्या आएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने विषय उनीहरूले राखेका थिए ।

प्रकाशित : पुस १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA