नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा : धनुषाधाम JCNEPAL MEDIA

माघ १५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

सोही सूचिमा धनुषाधाम नगरपालिकाका अधिकृत दास पनि परेका थिए । तर, दुई दिन पछि पुनः दासलाई आर्थिक प्रशासनिक जिम्मेवारी दिई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्काएको हो । मन्त्रालयले गत माघ १० गते देशभरिका १३ वटा स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई जिम्मेवारीबाट हटाएको थियो । अधिकृत दासको कार्य कौशलतामाथि पुर्नविचार गर्दै उनलाई पुनः जिम्मेवारी तोकिएको हो ।

यसका साथै, सोही नगरपालिकाका लेखा शाखामा कार्यरत कर्मचारी प्रशान्त यादवलाई बढुवा गरेको हो । लेखापालबाट उनलाई लेखा अधिकृतमा बढुवा गरिएको हो । धनुषाधाम नगरपालिकामा निरन्तर कार्यरत यादवलाई बढुवा गरी लेखा अधिकृत बनाइएको हो ।

प्रकाशित : माघ १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA