दुई पक्षबीच निर्वाचन समितिको निर्णय मानेर जाने समझदारी : अखिल क्रान्तिकारीकाे मतगणना JCNEPAL MEDIA

माघ १५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अनेरास्ववियु क्रान्तिकारीको अवरुद्ध मतगणना नरोक्ने समझदारी भएको छ । नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचन अन्तर्गत विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा मतगणना कार्य रोकिएको थियो । पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्षका उम्मेदवारहरू, निर्वाचन समिति र विद्यार्थी सङ्गठनका इन्चार्ज हिमाल शर्मासहित सर्वपक्षीय बैठकले मतगणना नरोक्ने समझदारी बनेको क्रान्तिकारीका नेता मदन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मतगणना अगाडि बढाउन अध्यक्षका उम्मेदवारले लिखित रूपमा राय निर्वाचन समितिलाई दिने र समितिको निर्णय मानेर जाने सहमति भएको छ । मतगणना नरोक्ने सहमति भएको छ । अध्यक्षका उम्मेदवारहरूले लिखित राय दिनुहुन्छ । त्यही रायका आधारमा निर्वाचन समितिले निर्णय गर्छ । सायद ३ बजेबाट मतगणना सुरु हुन्छ होला, रातोपाटीसँग उनले भने । मतपत्रमा प्रयोग भएको निर्वाचन आयोगले तय गरेको मसीलाई मात्र मान्यता दिने कि अन्य मसीलाई पनि मान्यता दिने विषयमा दुई पक्षबिच विवाद भएको थियो । सापकोटा पक्षले सबै मसीलाई मान्यता दिनुपर्ने अडान राखेको थियो भने राई पक्षले आयोगले तोकेको मसीलाई मात्र मान्यता दिनुपर्ने अडान राखेको थियो ।

पछिल्लो समय मतपेटीको पेरिसडाँडा लैजाने विषयमा विवाद हुँदा मतगणना कार्य प्रभावित हुँदै आएको थियो । दुवै प्रदेशमा गरी ५२२ मत गन्न बाँकी छ । अन्य प्रदेशको मतगणना सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म २० मतले सापकोटा अगाडि रहेका छन् ।

प्रकाशित : माघ १५,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA