वीरगञ्जको गोदाममा सशस्त्र र भन्सारले छापा मार्दा ५० लाखभन्दा बढीको अवैध सामान बरामद -JCNEPAL MEDIA

माघ १५,२०८१ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : सशस्त्र प्रहरीले वीरगञ्जकोबाट ५० लाखभन्दा बढीको अवैध कपडा र हार्डवेयरका समानहरू बरामद गरेको छ।

अवैध रुपमा समानहरू भण्डारण गरी राखिएको सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका- १० आदर्शनगरस्थित एक गोदाममा छापा मारेको थियो। सोक्रममा अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरू बरामद गरिएको हो।

बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : माघ १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA