छुवाछूत हटाउदै समाजका लागि मिसाल बने कलकत्तिया बाली JCNEPAL MEDIA

माघ १७,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : छुवाछूत हटाउदै समाजका लागि कलकत्तिया बाली मिसाल बनेका छन । जात हेरेर हाेइन, कलाकार सँग विहे गरेको छु , उनको भनाइ रहेको छ । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला हो ।

सोही कलाको कारण चिनिएका अभिनास झा गत माघ १४ गते विधिवत रुपमा जिल्ला अदालत धनुषामा बिहे गरेका छन् । झासँगै काम गर्ने अन्सा सदासँग उनले कानुनी विवाह गरेका हुन् । अन्सा सदासँग कानुनी विवाह गरेपछि विभिन्न टिकाटिप्पणीको सामना गर्नुपरेको व्यवथा कलाकार झाले सुनाए । उनले जातकै कारण आफूलाई विभिन्न समाजिक सँजाल मार्फत ट्रोल गरेको दुःखेसो पोखे । कलकतियाबाली उर्फ अभिनास झाले जातिगत कारण उनकै केही अडियन्सहरुले लक्षित गरी ट्रोल गरेकोप्रति दुःख प्रकट गरे ।

उनले भने , म कुनै जातलाई हेरेर उनलाई अपनाएको छैन वा विवाह गरेको छैन, कानुनी रुपमा अदालतमै विवाह गरेको छु । अन्साको के जात हो मलाई कुनै मतलब छैन, उसको कलाकारितासँग मैले बिहे गरेको छु । उसमा कला छ, सँगै काम गरेकी छिन्, त्यसैले उनीसँग बिहे गरेको छु । कलाकारितामा जातपात हुँदैन । यसरी समाजिक सँजालमा भिडियो बनाएर ट्रोल गर्नु उचित होईन् । बर्षौदेखि कलाकारिता क्षेत्रमा रम्दै आएका अविनास झा आफ्नो कलाले चिनिएका कलाकार हुन् ।

२०६७ सालदेखि नै कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका उनी रेडियो नाटकबाट आफ्नो करियरको सुरुवात गरेका थिए । समाजिक सँजालहरुको आगमनसँगै उनले नयाँ प्लेटफर्म पाउन सफल भए । अहिले उनको युटुब च्यानल, फेसबुकमा समेत उनको कमेडी भिडियोहरु मन पराउनको सँख्या अधिक छ । उनी आफ्नो काममा विश्वास गर्ने कलाकार हुन् । तराई मधेश क्षेत्रसहि भारतको बिहारमा समेत आफ्नो पहिचान बनाएका अविनास झा र अन्सा सदालाई वैवाहिक जीवनको कामना गर्दछौँ ।

प्रकाशित : माघ १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA