मधेशकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा : JCNEPAL MEDIA

माघ १७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मधेसकेन्द्रित दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आठ पार्टीको बैठक बसिरहेको हो । मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न जनता समाजवादी नेपालको अगुवाइ बैठक बसेको हो ।

बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सम्मिलित छन् । आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको हो ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन रहेका छन् भने नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी छन्। यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह मोर्चाको बैठकमा सहभागी छन् ।

यसअघि जनता प्रगातिशीलले बैठकको आयोजना गरेको थियो । आआफ्नो दलमा छलफल गरी पुनः बैठक बसेर मोर्चा निर्माणको विषयलाई ठोस रूपमा दिने सो बैठकले निर्णय गरेको थियो ।

प्रकाशित : माघ १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA