वाशिंटन डीसीमा भएको विमान दुर्घटना स्थलबाट प्लेनको ब्ल्याकबक्स भेटियो, कारण खुल्न ३० दिन लाग्ने : JCNEPAL MEDIA

माघ १८,२०८१ एपी/ रासस

काठमाडौं : वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् । उनीहरुले विमानको ब्ल्याक बक्स फेला पारिसकेकाले के कसरी विमान दुर्घटना भयो र गल्ती के हो भन्नेबारे त्यसबाट जानकारी हासिल गर्न सकिने जनाउ दिएका छन् ।

यो घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले आफुहरुको दिल टूटेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : माघ १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA