वाशिंटन डीसीमा भएको विमान दुर्घटना स्थलबाट प्लेनको ब्ल्याकबक्स भेटियो, कारण खुल्न ३० दिन लाग्ने : JCNEPAL MEDIA

माघ १८,२०८१ एपी/ रासस

काठमाडौं : वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् । उनीहरुले विमानको ब्ल्याक बक्स फेला पारिसकेकाले के कसरी विमान दुर्घटना भयो र गल्ती के हो भन्नेबारे त्यसबाट जानकारी हासिल गर्न सकिने जनाउ दिएका छन् ।

यो घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले आफुहरुको दिल टूटेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : माघ १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

मधेस सरकारद्वारा चालु आवको ११ महिनामा पुँजीगत खर्च १३.७६ प्रतिशत : JCNEPALMEDIA