सिंहदरबारकाे संसदीय दलमा जाँदै रवि, सभामुखलाई पनि भेट्ने : JCNEPAL MEDIA

माघ १८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् । रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् । सभापतिज्यू अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुहुनेछ,स्रोतले भन्यो । उहाँले सभामुखलाई पनि आजै भेट्ने कार्यक्रम छ ।

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रकाशित : माघ १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA