सुभम साह अनलाइन ठगी मुद्दामा पुनः पक्राउ : राैतहट JCNEPAL MEDIA

माघ २४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् ।

विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौतहटको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन्। निजले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैङ्क खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा विभिन्न व्यक्तिमार्फत ‘क्रिप्टो करेन्सी’ साट्न प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा साह विभिन्न चारवटा अनलाइन ठगी मुद्दामा फरार रहेको पाइएको छ । प्रहरीले उनका साथबाट ‘मोबाइल’ दुई थान, नेपाली र भारतीय ‘सिमकार्ड’ १६ थान र सवारीधनी पुर्जा एक थान बरामद गरेको छ ।

* ‘खाता विवरण शेयर नगरौँ’ यसैबीच, ब्यूरोले अनलाइन ठगी हुनबाट बच्न आफ्नो वालेट तथा बैङ्क खाताको विवरण र प्राप्त ‘ओटिपी पासवर्ड’ कसैसँग पनि ‘शेयर’ नगर्न आग्रह गरेको छ । अनलाइन ठगीका घटना बढोत्तरी भएसँगै ब्यूरोले अपरिचित व्यक्तिबाट आएको ‘फोन’ तथा लिङ्क विश्वासमा परी ‘क्लिक’ नगर्न र आफ्नो विवरण शेयर नगर्न आग्रह गरेको हो ।

प्रकाशित : माघ २४,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA