वीरगञ्जमा सशस्त्र प्रहरीले ४ लाख बराबरको मोबाइल डिस्प्ले र तामाको तार गरे बरामद : JCNEPAL MEDIA

माघ २४,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश: वीरगञ्जमा अबैध रूपमा ल्याइँदै गरेको रु चार लाख बराबरको मोबाइल डिस्प्ले र तामाको तार सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।

बिहीबार बिहान ८:१० बजे वीरगञ्ज महानगरपालिका-१५ स्थित त्रिभुवन राजमार्गको प्रतिमा चौकमा सुरक्षाकर्मीहरूले ठूलो परिमाणमा अबैध सामान बरामद गरेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको ११ जनाको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली लुकाइछिपाई ल्याइँदै गरेको अन्दाजी रु ४ लाख बराबरको विभिन्न ब्रान्डका मोबाइल डिस्प्लेहरू र तामाको तार फेला पारेको हो।

सुरक्षाकर्मीहरूले वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेका सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा यी सामानहरू फेला पारेका थिए। बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित : माघ २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA