वीरगञ्जमा सशस्त्र प्रहरीले ४ लाख बराबरको मोबाइल डिस्प्ले र तामाको तार गरे बरामद : JCNEPAL MEDIA

माघ २४,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश: वीरगञ्जमा अबैध रूपमा ल्याइँदै गरेको रु चार लाख बराबरको मोबाइल डिस्प्ले र तामाको तार सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।

बिहीबार बिहान ८:१० बजे वीरगञ्ज महानगरपालिका-१५ स्थित त्रिभुवन राजमार्गको प्रतिमा चौकमा सुरक्षाकर्मीहरूले ठूलो परिमाणमा अबैध सामान बरामद गरेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको ११ जनाको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली लुकाइछिपाई ल्याइँदै गरेको अन्दाजी रु ४ लाख बराबरको विभिन्न ब्रान्डका मोबाइल डिस्प्लेहरू र तामाको तार फेला पारेको हो।

सुरक्षाकर्मीहरूले वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेका सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा यी सामानहरू फेला पारेका थिए। बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित : माघ २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA